महावीर सडक सौन्दर्य नाजुक: सडक सौन्दर्यीकरणको नाममा रकमको दुरुपयोग
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको बरगाछी-रानी सडक सौन्दर्यीकरण गर्ने कामलाई महानगरपालिकाले परियोजनाकै रूपमा कामलाई अगाडि बढाइरहेको छ ।
बरगाछीदेखि रानी सडक खण्डको बिच भागमा पाइपको सानो पोल गाडेर तारले घेरेर बोटबिरुवा लगाउने काम गरिरहेको छ ।
यो परियोजनामा रहेको खातामा जम्मा गर्ने गरी विराटनगरभित्र रहेका वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व भित्र रही सहयोग गरिरहेका छन् ।
२...