सशस्त्र प्रहरी सुनसरीले चोरी पैठारी गर्नेलाई निरुत्साहित पार्दै
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वा सुनसरी र सो मातहतका कार्यालयहरूले सीमाको सुरक्षा एवम् अबैध चोरी पैठारी नियन्त्रण गर्ने कामलाई निरन्तरता दिँदै आएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि चैतसम्म २ करोड ६७ लाख ५६ हजार ८ सय २२ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी भन्सार दाखिला गर्नुपर्ने सामान भन्सार दाखिला गर्ने र नष्ट गर्ने सामानहरू नष्ट गर्ने काम गरेको छ ।
उक्त स...





