रोजगार केन्द्रित तालिममा बेमेल
विराटनगर । कटहरी गाउँपालिकाको कार्यालय मोरङले सञ्चालन गरेको युवायुवती लक्षित कार्यक्रममा ठूलै आर्थिक चलखेल हुने आशङ्का सर्वत्र गर्न थालिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा युवायुवतीलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्बन्धी आयोग तयारी कक्षा सञ्चालन गरेको छ ।
यस प्रकारको तयारी कक्षा अन्य निजी स्तरबाट सञ्चालित इस्टिच्युटले गर्दै आएका छन् । उनीहरूले सञ्चालन गर्ने तयारी कक्षाको स...







