जिल्ला समन्वय समिति मोरङका कर्मचारीबाट सरकारी गाडीको दुरुपयोग
विराटनगर । पछिल्लो समयमा सरकारी नम्बर भएको सवारी साधन लिएर जोगबनी (भारत) जाने र सामान किनेर उक्त सवारी साधनमा हालेर ल्याउने क्रम तीव्र गतिमा भइरहेको छ ।
कार्यकर्ता भर्ती केन्द्रको रूपमा रहँदै आएको भनेर चर्चा पाएको जिल्ला समन्वय समितिको मातहतमा रहेको सवारी साधनको चरम दुरुपयोग भइरहेको छ । यसरी दुरुपयोग गर्नेमा जिल्ला समन्वय समिति मोरङ पनि निकै अगाडी रहेको छ । बिहीबार जिल्ला समन्वय समिति मोरङक...







