भन्सारमा कर्मचारी अभाव
विराटनगर । विराटनगर भन्सार कार्यालय (आई.सी.पी.) प्रशासनले दरबन्दीअनुसार कर्मचारी पठाउन नसक्दा यात्रु शाखाद्वारा राजस्व सङ्कलनमा कमी आएको छ । पुरानो विराटनगर भन्सार कार्यालय रानीमा १ अधिकृत, २ जाँचकी, ३ जना नासु लगायत केहीको दरबन्दी रहे पनि दरबन्दी अनुसार कर्मचारीलाई भन्सार प्रशासनले खटाउन सकेको छैन ।
जोगबनीबाट व्यापारिक प्रयोजन र घरायसी प्रयोजनको सामान विराटनगरतर्फ ल्याइने गरेको छ । उक्त क्षेत्र...







