लेखन कला सम्बन्धी अन्तरक्रिया तथा काविता वाचन कार्यक्रम सम्पन्न
नेपाली लेखक सङ्घ उदयपुरद्वारा २०८२ कार्तिक २१ गते गाईघाटमा लेखन कला सम्बन्धी अन्तरक्रिया तथा काविता वाचन कार्यक्रम आयोजना गरियो ।
नेपाली लेखक सङ्घ उदयपुरका अध्यक्ष बासुदेव पोखरेलको सभापतित्वमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि कवि विवश पोखरेलले उदयपुरको लेखक संघले लेखन कला प्रशिक्षण जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेर नयाँ पुस्ताका लेखकका लागि मार्गदर्शन तयार पार्ने काम गरेको बताउनु भयो...





