तौलमा उपभोक्ता ठगिदैः नापतौलबाट व्यापारिक संस्था कारबाहीमा
विराटनगर । उपभोक्ताको हितमा उपभोक्तालाई ठगी गर्नेलाई कारबाही गर्ने कानुन बने पनि उक्त कानुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा आम उपभोक्ताहरू ठगिने क्रम भने जारी रहेको छ ।
अनियमित तरिकाले नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठग्ने काम यहाँका व्यापारिक संस्थाले गर्दै आएका छन् ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले पूर्वदेखि तराईको विभिन्न स्थानमा छड्के जा...







